अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढ्दै गएको छ । आज काठमाण्डौ विश्वको नवौं प्रदूषित शहर बनेको छ ।
काठमाण्डौको एअर क्वालिटी इन्डेक्स एक्यूआई १ सय ८० पुगेको छ । हाँडीगाउँमा भने एक्वूआई १ सय ८८ सम्म पुगेको छ । चितवनको मेघौलीमा वायु प्रदूषण अति अस्वस्थ अवस्थामा पुगेको छ । मेघौलीको एक्यूआई २ सय २८ पुगेको छ । १५० सम्मको एक्यूआईलाई सन्तोषजनक, १५० देखि २ सयसम्मलाई अस्वस्थ र ३०१ देखि ५ सयसम्मलाई आपत्कालीन अवस्था मानिन्छ ।
भारतमा प्रदूषण बढिरहेकोले अब नेपालमा पनि त्यसको असर बढ्दै जाने देखिएको छ । अबको केही दिन नेपालमा वायु प्रदूषण बढ्दै जाने त्रिभुवन विश्वविद्यालयको मौमस विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभएको छ ।
भारतमा धान काटेपछि पराल जलाउँदा ठूलो मात्रामा प्रदूषण पैदा हुने गरेको छ । त्यसको असर नेपालमा पनि अब देखिन थालेको हो । तत्काल पानी पर्ने सम्भावना नभएकाले केही दिनमा प्रदूषण झनै बढ्ने देखिएको पोखरेलको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।