यार्सागुम्बा भन्दै नक्कली औषधि बेच्ने ३ जना पक्राउ

 मंसिर १३, २०८१ बिहीबार १८:२४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्वीर

काठमाण्डाै – यार्सागुम्बाका नाममा नक्कली औषधि उत्पादन तथा बिक्री/वितरण गरी ठगी गर्ने गिरोह पक्राउ परेका छन् । यार्सागुम्बा, सताबरी, अश्वगन्ध, सिलाजितजस्ता जडीबुटीको मिश्रणबाट तयार पारिएको यौन क्षमता बढाउने, शक्ति बढाउने हिमाली जडीबुटी भनेर ठगी गर्ने तीन जनालाई पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–२ घर भई काठमाण्डौको कागेश्वर मनोहरा नगरपालिका–२६ बस्ने ३४ वर्षीय सुजन गौतम, काभ्रेको नमोबुद्ध नगरपालिका–२ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–४ बस्ने २७ वर्षीय सुजन खड्का र ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–७ घर भई काठमाण्डौको बूढानीलकण्ठ नगरपालिका–११ बस्ने ४२ वर्षीय डिल्लीप्रसाद घिमिरे रहेका छन् ।

उनीहरूले हिमाली जडीबुटी भन्दै विभिन्न नाम दिएर सामाजिक सञ्जालमार्फत विज्ञापन गरी वृद्धदेखि युवासमेतले खान मिल्ने, कुनै असर नभएको, डाक्टरको सिफारिश नचाहिने भनी सर्वसाधारणमा भ्रम सिर्जना गरी एक बट्टाको दुई हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्ममा बिक्री गरेका सीआईबीका प्रहरी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनुभयो ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया