प्रिमियर लिगमा आर्सनल र ब्राइटन तथा क्रिस्टल प्यालेस र चेल्सीले ...
पुस २१, २०८१ आइतबार
अमेरिकाले ताइवानलाई हतियार बेच्ने प्रस्ताव स्वीकृत गरेकोमा चीनले कडा आपत्ति जनाएको छ । चीनको विदेश मन्त्रालयले विज्ञप्ति निकालेर अमेरिकाले ताइवानलाई हतियार बेच्ने निर्णय गरेकोमा आपत्ति जनाउँदै यसको दृढ प्रतिरोध गर्ने चेतावनी दिएको छ ।
ताइवान आफ्नो भूमि भएको र यसको स्वतन्त्रता जस्तो आत्मघाती अभियानमा अमेरिकाले साथ दिनु दुर्भाग्यको विषय भएको पनि चीनले जनाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
अमेरिकी विदेश मन्त्रालयले ताइवानमा एफ–१६ लडाकु जेट र राडारका लागि पाटपुर्जा बेच्न स्वीकृति दिइएको जनाएको छ । यसको मूल्य ३ सय ८५ मिलियन डलर रहेको छ ।
ताइवानका राष्ट्रपति कुटनीतिक सहयोगीहरूको भ्रमणमा जानुअघि अमेरिकाले यस्तो निर्णय गरेको हो । चीनको विदेश मन्त्रालयले अमेरिकाले ताइवानलाई हतियार बिक्री गरेर युद्धलाई निम्ता दिइरहेको भन्दै यसले अमेरिका–चीन सम्बन्धलाई कमजोर बनाउने बताएको छ । आफ्नो भूमि ताइवानमा अमेरिकाले गर्ने कुनै पनि आधिकारिक आदानप्रदान गर्न नपाउने चीनले सचेत गराएको छ ।
ताइवानलाई सहयोग गर्ने देश र समूहलाई चीनले पृथकतावादीको संज्ञा दिँदै आएको छ । अमेरिका र ताइवानबीच औपचारिक कुटनीतिक स्थापना भएको छैन तर अमेरिकाले ताइवानलाई निरन्तर सैन्य–आर्थिक सहयोग गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।