रक्सीको बोतलमा क्यान्सरको चेतावनी राख्न अमेरिकाका वरिष्ठ डाक्टर...
पुस २०, २०८१ शनिबार
सिरहा – जीपको ठक्करबाट सिरहामा सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक (सई) को मृत्यु प्रकरणमा दुई जना पक्राउ परेका छन् । अनुसन्धानका क्रममा सोधपुछका लागि दुई जनालाई पक्राउ गरेकाे प्रहरीले जनाएको छ ।
उनीहरूलाई पक्राउ गरेर बयान लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितले जानकारी दिनुभयो । घटनामा प्रयोग भएको गाडी र सङ्लग्न व्यक्तिको पहिचान भइसकेको पनि प्रहरी उपरीक्षक पण्डितले बताउनुभयो ।
नम्बर नखुलेको जीपको ठक्करबाट नेपाल–भारत सीमा नजिकै बरियारपट्टी गाउँपालिका–१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरीका सई ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको हिजो बिहान ज्यान गएको थियो ।
यसअघि अवैध जाँड–रक्सी ओसारपसार गरिरहेको गाडीलाई रोक्न खोज्दा योजनाबद्ध रूपले किचेर हत्या गरेको आरोप लगाउँदै आफन्तसहित स्थानीयवासीले पूर्व–पश्चिम सडकको लहान खण्ड अवरुद्ध गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।