अमेरिकाद्वारा युक्रेनका लागि ७ सय २५ मिलियन डलरको नयाँ सैन्य सहायता प्याकेजको घोषणा

 मंसिर १८, २०८१ मंगलबार १२:४८:२६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

संयुक्त राज्य अमेरिकाले युक्रेनका लागि ७ सय २५ मिलियन अर्थात् ७५ करोड डलरको नयाँ सैन्य सहायता प्याकेजको घोषणा गरेको छ ।

यो सहायता रकम ल्यान्डमाइनको दोस्रो किस्ताका साथै हवाई आक्रमण प्रतिरोधी संरचना निर्माण र गोलाबारुद बनाउन खर्च हुनेछ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुअघि युक्रेनलाई अर्बाैं डलरको सहायता प्रदान गरिरहेको छ ।

ट्रम्पले भने युक्रेनमा अर्बाैं रकम दिन नहुने बताउँदै आउनुभएको छ । यो सहायताका पनि उहाँले विरोध गर्नुभएको छ । ट्रम्पले शपथ लिन दुई महिनाभन्दा कम समयअघि अमेरिकाले युक्रेनलाई सहयोग गरेर ट्रम्पलाई सन्देश दिइरहेको रोयटर्सले जनाएको छ ।

विदेशमन्त्री एन्टनी ब्लिन्केनले यो प्याकेज रुसी आक्रमणको विरुद्ध आफूलाई बचाउन युक्रेन सक्षम छ भन्ने सुनिश्चित गर्ने प्रयासको हिस्सा भएको बताउनुभएको छ । वर्तमान अमेरिकी प्रशासनले युक्रेनलाई सकेसम्म धेरै सहायता दिन काम गरिरहेको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया