'एनपीएल' विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – जनकपुरमा साताव्यापी विवाहपञ्चमी महोत्सवको चौथो दिन हिजो तिलकोत्सव विधि सम्पन्न भएको छ । तिलकोत्सवका अवसरमा हरेक वर्ष जानकी मन्दिरबाट राम मन्दिरमा पाहुर पठाउने गरिन्छ ।
जानकी मन्दिरबाट भगवान् श्रीरामको तीलकका लागि एक सय एक भारसहित जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवसहित साधु सन्त महन्त बाजागाजासहित राम मन्दिरमा पुगेर भगवान् रामको तिलक गर्ने चलनअनुसार तिलक गरिने कार्यक्रम सम्पन्न भएको हो ।
भारतको अयोध्याबाट यसपटक पाँच सयको सङ्ख्यामा साधुसन्त, महन्थ, योगी, सन्न्यासी, व्यापारी, बुद्धिजीवी तथा अन्य क्षेत्रका व्यक्तिहरू जन्तीका रूपमा आएका छन् । विवाह पञ्चमी महोत्सवअन्तर्गत आज मटकोर, भोलि स्वयंम्बर तथा शुभविवाह र पर्सि २२ गते रामकलेवासँगै यस वर्षको विवाह पञ्चमी महोत्सव सम्पन्न हुने कार्यक्रम रहेको छ ।
त्रेतायुगमा मङ्सिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनास्वरूप परापूर्वकालदेखि धुमधामसँग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।
भारतको सीमावर्ती क्षेत्र र नेपालका विभिन्न ठाउँबाट लाखौँ श्रद्धालु रामजानकी विवाह महोत्सवमा सहभागी हुँदै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।