२ वटा मुद्दामा रवि लामिछानेसँग ३१ करोड रुपैयाँ बिगो दाबी
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – निर्वाचन आयोगले पर्सि आइतवारदेखि देशभरका सबै प्रदेश र जिल्ला निर्वाचन कार्यायलयबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने काम शुरू गर्ने भएको छ ।
यसअघि गएको १५ गते सम्पन्न उपचुनावका लागि मतदाता नामावली दर्ता गर्ने काम स्थगित गरेकोमा आइतवारदेखि फेरि देशभर शुरू गर्ने निर्णय गरेको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । उपचुनाव सकिएर परिणामसमेत प्राप्त भएकाले नियमित नामावली दर्ता तथा अद्यावधिक कार्य गर्न लागेको आयोगको विज्ञप्तिमा ल्लिेख छ ।
मतदाता नामावलीमा नाम दर्ताका लागि नागरिकता आवश्यक पर्छ । यस्तै नागरिकतामा उल्लेखित ठेगानाभन्दा मतादाता नामावली रहने ठेगाना फरक पर्ने भएमा विवाह दर्ता तथा बसाइँसराइ दर्ताको प्रमाण आवश्यक पर्ने आयोगको विज्ञप्तिमा उल्लेख छ । आयोगको वेबसाइटमार्फत आवेदन भरेमा बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ ।
नयाँ नामावली दर्तासँगै त्रुटि सच्याउने, दोहोरो भए हटाउने, मृत्यु वा बसाइँसराइकाे विवरण अद्यावधिक गर्ने काम पनि आइतवारदेखि नै शुरू हुने आयोगले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।