शिक्षककाे तलब भत्ता मासिक रूपमा भुक्तानी गर्न पालिकाहरूलाई मन्त्रालयकाे अनुराेध

 मंसिर २१, २०८१ शुक्रबार १५:४८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न पालिकाहरूलाई अनुरोध गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रका आधारमा सात सय ५३ वटै पालिकालाई परिपत्र गर्दै सामान्य प्रशासन मन्त्रालयले मासिक तलब भत्ता भुक्तानीको व्यवस्था गर्न अनुरोध गरेको हो । शिक्षा ऐन, नियमावली तथा प्रचलित कानूनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्था रहेको मन्त्रालयको परिपत्रमा उल्लेख छ ।

यसअघि शिक्षा मन्त्रालयले प्रचलित कानूनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पाउने तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै पालिकालाई परिपत्र गर्न भन्दै पत्र पठाएको थियो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूलाई मासिक रूपमा तलब निकासा गर्न पालिकाहरूलाई ताकेता गर्दै आएको थियो । चौमासिक रूपमा तलब पाउँदै आएका शिक्षकहरूले लामो समयदेखि मासिक तलब पाउने व्यवस्थाको माग गर्दै आएका छन् ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया