आजदेखि मतदाता नामावली दर्ता कार्य नियमित सञ्चालन हुने

 मंसिर २३, २०८१ आइतबार ९:२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – निर्वाचन आयोगले सबै प्रदेश र जिल्ला निर्वाचन कार्यालयबाट आजदेखि मतदाता नामावली दर्ता कार्य सञ्चालन गर्ने भएको छ । पालिकाको रिक्त पदमा उपचुनावको मिति घोषणा भएपछि असोजको पहिलो हप्तादेखि नामावली सङ्कलन कार्य रोकिएको थियो ।

निर्वाचन आयोगको पदाधिकारी बैठकले रोकिएको नामावली सङ्कलन, दर्ता तथा अद्यावधिक गर्ने कार्य आजदेखि नियमित शुरू गर्ने निर्णय गरेको थियो । आयोगले पेसा, व्यवसाय वा अन्य कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै पालिका वा प्रदेशमा बसोबास गरे पनि प्रि–रजिस्ट्रेसन प्रणालीमार्फत आवेदन गर्न सक्ने व्यवस्थासमेत मिलाएको छ ।

आयोगले दर्तासँगै नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम भएको भए हटाउने र मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्नेलगायतका कामसमेत प्रि–रजिस्ट्रेसन प्रणालीमार्फत गर्न सक्ने आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।

मतदाता नामावलीमा नाम दर्ताको लागि नागरिकता आवश्यक पर्छ । यस्तै नागरिकतामा उल्लेखित ठेगाना भन्दा मतादाता नामावली रहने ठेगाना फरक पर्ने भएमा विवाह दर्ता तथा बसाइँसराइ दर्ताको प्रमाण आवश्यक पर्ने आयोगले जनाएको छ ।
 

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया