‘घरेलु हिंसाका घटनामा मेलमिलाप गराउँदा पीडितले न्याय पाएनन्’

 मंसिर २४, २०८१ सोमबार १२:३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – घरेलु हिंसाका घटनामा मेलमिलाप गराउँदा पीडितले न्याय पाउँन नसकेको अधिकारकर्मीले बताएका छन ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा आइतवार काठमाण्डौमा भएकाे ‘लैङ्गिक हिंसा प्रभावितको न्यायिक प्रक्रियामा देखिएको जटिलता तथा सम्बोधनमा सरोकारवालाको भूमिका’ विषयक कार्यक्रममा सहभागी अधिकारकर्मीले पिडक र पीडितलाई मेलमिलाप गराएर एकै ठाउँमा राख्दा पीडितले झनै हिंसा भोग्नुपरेको बताएका हुन ।

ओरेक नेपाल,एक्सनएड नेपाल,महिला अधिकारका लागि राष्ट्रिय अभियान, महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल, र तरङ्गिनी फाउन्डेसनकाे संयुक्त आयोजनामा भएकाे  कार्यक्रमका सहभागिले घरेलु हिंसाका घटनामा मेलमिलाप गराउन नहुने कुरामा जोड दिएका हुन ।

अधिवक्ता बिन्द्रा महर्जनले घरलु हिंसालाई सामान्यरुपमा लिएर जहाँ पनि, जसले पनि, जहिले पनि ,जसरी पनि ,जस्तो सुकै अवस्थामा पनि मिलाउँदा हुने जस्तो बनाइदिएर पीडितले न्याय पाउँन गाह्रो भएको बताउनु भयो । उहाँले जसले गर्दा पीडितलाई थप पीडामा पारिदिने, धेरै महिला मारिने र कतिपय आत्महत्याको अवस्थामा पुग्ने गरेको बताउनु भयो ।

त्यस्तै, महिला मानव अधिकार रक्षक श्यामकुमारी साहले धेरैजसो पीडितमा कानूनी साक्षरता नहुने हुँदा कानूनी सहजिकरण गर्नुको पर्नेमा उल्टै कानूनी मेलमिलाप गराउँदा पीडितले न्याय पाउँन नसकेको भनाइ राख्नु भयो ।

कार्यक्रममा प्रहरी वृत्त स्वयम्भूकी प्रहरी नायब उपरीक्षक (डीएसपी) पूर्णिमा चन्दले प्रहरीमा आउने लैंगिक हिंसाका उजुरीमध्ये सबैभन्दा धेरै घरेलु हिंसाका उजुरी रहेकाले प्रहरीले घरेलु हिंसाका घटनालाई गम्भीरतापूर्वक लिएर मेलमिलाप भन्दा पनि कानून अनुसार न्यायीक प्रकृया अगाडि बढाउन सकजिकरण गरेको बताउनु भयो ।

उहाँले प्रहरी कहाँ पुगेका कुनै पनि घरेलु हिंसाका उजुरीलाई मेलमिलाप नगराएको बताउनु भयो । सरकारी वकील गोपालप्रसाद रिजाल भने घरेलु हिंसाको घटनामा मेलमिलाप गराउने व्यक्ति तालीमप्राप्त र योग्य हुनुपर्ने बताउँदै दुवै पक्ष खुशी हुने गरी मात्रै  मेलमिलाप गराउनु पर्ने बताउनु भयो । 

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया