अफगानिस्तानले जिम्बावेलाई ५० रनले हरायाे, शृङ्खलामा १–१ काे बराबरी

 मंसिर २९, २०८१ शनिबार ६:३२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको दोस्रो खेलमा अफगानिस्तानले जिम्बावेलाई ५० रनले हराएको छ ।

अफगानिस्तानले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको घरेलु टोली जिम्बावे १७ ओभर ४ बलमा १ सय ३ रनमा अलआउट भयो । जिम्बावेका कप्तान सिकन्दर राजाले सबैभन्दा धेरै ३५ रन बनाए । अफगानिस्तानका कप्तान राशिद खान र नभीन उल हकले ३/३ विकेट लिए ।

यसअघि हरारेमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनायो । अफगानिस्तानका डरविश रसूलीले ५८ रन बनाए । जिम्बावेका ट्रेभर ग्वान्डु र रायल बर्लले २/२ विकेट लिए ।

यो जीतसँगै अफगानिस्तानले तीन खेलको शृङ्खलामा १–१ को बराबरी गरेको छ । पहिलो खेल जिम्बावेले ४ विकेटले जितेको थियो । शृङ्खलाको निर्णायक खेल आजै बेलुकी हुनेछ ।

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया