इंग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – काठमाण्डौ उपत्यकामा आज हिजोभन्दा बढी चिसो छ । हिजोको न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस रहेकोमा आज २ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी र हिमाली क्षेत्रको तापक्रम माइनसमा झरेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ७, जोमसोमको माइनस ५ र दोलखा जिरीको माइनस २ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ ।
काठमाण्डौ उपत्यकाको आकाश आज पनि सफा छ । केही दिनदेखि तुवाँलो हटेर आकाश खुल्न थालेपछि उत्तरमा रहेका हिमशृङ्खलाहरू देखिन थालेका छन् । काठमाण्डौमा बिहानैदेखि घाम लागेको छ । तर तराई र पहाडका बेँसीहरूमा भने हुस्सु र कुहिरो लागेको छ ।
आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।