काठमाण्डौ महानगरपालिको ३०औं महानगर दिवस आज, टुँडिखेलमा विशेष कार्यक्रम

 मंसिर २९, २०८१ शनिबार ९:१३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले आज ३०औं महानगर दिवस मनाउँदैछ । सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागेकाे महानगरले जनाएको छ ।

महानगर दिवसको औपचारिक कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा र सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम टुँडिखेल मैदानमा हुँदैछ । साङ्गीतिक कार्यक्रम दिउँसो ३ बजेपछि शुरू हुने र खानासम्बन्धी स्टलहरू बिहान १० बजेदेखि नै खुला हुने महानगरका मेयर बालेन्द्र शाहले जानकारी दिनुभएको छ ।

महानगर दिवसको कार्यक्रममा प्रवेश र पार्किङ निःशुल्क हुनेछ । पुरानो बसपार्कमा रहेको काठमाण्डौ टावरमा निःशुल्क पार्किङको व्यवस्था गरिएको छ ।

१९९६ साल पुस ३ गते स्थापना गरिएको सफाइ अड्डाको संस्थागत जग महानगरको इतिहास हो । २०५२ साल मङ्सिर २९ गते काठमाण्डौ नगरलाई काठमाण्डौ महानगर घोषणा गरिएको थियो । यसै दिनलाई महानगर दिवसका रूपमा मनाउने गरिएको छ ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया