एनपीएलमा चितवनले जनकपुरलाई दियो एक सय ८१ रनको लक्ष्य

 मंसिर २९, २०८१ शनिबार १४:३६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई एक सय ८१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ८० रन बनायो ।

चितवनका कप्तान कुशल मल्लले सबैभन्दा धेरै ७२ रन बनाए । यस्तै रवि भोपाराले ४४ रन बनाए । जनकपुरका ललित राजवंशीले दुई विकेट लिए । यस्तै हर्ष थाकर, महोम्मद मोसिन र जिमी निशमले समान एक विकेट लिए ।

यो खेलमा चितवन राइनोजले जित्यो भने प्लेअफमा पुग्ने सम्भावना बलियो हुनेछ । चितवन छ खेलमा छ अङ्कसहित चौथो स्थानमा छ । जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ । 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया