झापा कप फुटबल प्रतियोगितामा आर्मीको विजयी शुरुवात

 मंसिर २९, २०८१ शनिबार १७:३३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

झापा – झापाको बिर्तामोडमा आजदेखि शुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी शुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान बनाएको छ ।

आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई र निरज चौधरीले गोल गरे । भोलि आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरीबीच खेल हुनेछ ।

आजदेखि शुरु भएको झापा कप फुटबल प्रतियोगिताको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्नुभएको हो । प्रतियोगिता पुस ८ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद पाँच लाख रुपैयाँ पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका महासचिव गणेश पोखरेलले जानकारी दिनुभयो । प्रतियोगितामा नेपालका नौ र भारतको एउटा क्लबको सहभागिता रहेको छ ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया