नेपाल नर्सिङ सङ्घको अध्यक्षमा चन्द्रकला शर्मा विजयी

 मंसिर ३०, २०८१ आइतबार ६:१२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल नर्सिङ सङ्घको अध्यक्षमा चन्द्रकला शर्मा विजयी हुनुभएको छ । नयाँ नेतृत्वको लागि भएको चुनावमा शर्मा नेतृत्वको संयुक्त प्रगतिशील समूहको प्यानल नै विजयी भएको हो ।

अध्यक्षमा निर्वाचित शर्माले दुई हजार एक सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी गङ्गाकुमारी थापाले एक हजार तीन सय ७० र वसन्ती थापाले दुई सय ८२ मत प्राप्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा दुई हजार ६० मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी कल्पना श्रेष्ठ जोशीले एक हजार पाँच सय ९७ मत प्राप्त गर्नुभयो ।

यसैगरी, उपाध्यक्षमा बबिता घिमिरे दुई हजार ११ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी मनिषा कोइरालाले एक हजार पाँच सय ७० मत प्राप्त गर्नुभयो ।

महासचिवमा डा.देवकाकुमारी आचार्य एक हजार सात सय ३३ मतसहित विजयी हुनुभयो भने प्रतिस्पर्धी मीनाकुमारी कार्कीले एक हजार तीन सय ४७ र जानकी धामीले ६ सय २२ मत प्राप्त गर्नुभयो ।

सचिवमा दुई हजार ९० मत प्राप्त गरी बेली पौडेल निर्वाचित हुँदा प्रतिस्पर्धी जया मिश्राले एक हजार पाँच सय ७३ मत प्राप्त गर्नुभयो ।

कोषाध्यक्षमा तुलसादेवी अधिकारी दुई हजार एक सय ८८ मत ल्याएर विजयी हुनुभयो भने प्रतिस्पर्धी रमादेवी पहारी (ज्ञवाली) ले एक हजार चार सय ८२ मत ल्याउनुभयो ।

यसैगरी खुला सदस्यमा मेनुका पोखरेल, आदिवासी/जनजातितर्फ कला बस्याल गुरुङ र हरिप्रसाद कोजु, दलिततर्फ कोपिला विश्वकर्मा, मधेशी/मुस्लिमतर्फ पासपति जैसवाल र सवेनाज बेगम, अनमीतर्फ जानुका मोक्तान र शान्तिकुमारी विश्वकर्मा विजयी हुनुभएको छ ।

नेपाल नर्सिङ परिषद सदस्यतर्फ राजदेवी अधिकारी घिमिरे, सुमिता पाठक र राधादेवी आचार्य विजयी हुनुभएको छ ।
 

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया