एनपीएल : विराटनगरले काठमाण्डौलाई दियो एक सय १८ रनको लक्ष्य

 मंसिर ३०, २०८१ आइतबार ११:३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले काठमाण्डौ गुर्खाजलाई एक सय १८ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभर पाँच बलमा सबै विकेट गुमाएर एक सय १७ रन बनायो । विराटनगरका लागि राजेश पुलामी मगरले सर्वाधिक २५ रन बनाए ।

काठमाण्डौका गेर्हार्ड इरास्मसले तीन विकेट लिए । विराटनगर प्लेअफ दौडबाट बाहिरिसकेको छ । प्लेअफमा पुग्न काठमाण्डौले आजको खेल जित्नैपर्छ ।

आजको दोस्रो खेलमा दिउँसो १ बजे पोखरा एभेन्जर्स र सुदुरपश्चिम रोयल्स खेल्दैछन् । आठ टोलीमध्ये जनकपुर प्ले अफमा पुगिसकेको छ ।

लुम्बिनी, विराटनगर र पोखरा बाहिरिसकेका छन् । शीर्ष चारमा पुग्न चितवन, काठमाण्डौ, सुदूरपश्चिम र कर्णाली  गरी चारवटा टोलीबीच प्रतिस्पर्धा रहेको छ ।   

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया