रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) कार्यकारी परिषद्को बैठकले आठ जना डिन नियुक्त गरेको छ । हिजो बसेको बैठकले आठ वटा सङ्कायका डिन र तीन वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
नियुक्ति पाएकाहरूलाई आज नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम रहेको त्रिविका प्रवक्ता एमन सिंह बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार मानविकी तथा सामाजिकशास्त्र सङ्कायको डिनमा प्रा.डा.द्विविनन्द ढकाल नियुक्त हुनुभएको छ ।
यस्तै इन्स्टिट्युट अफ मेडिसिनको डिनमा प्रा.डा.मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा डा.किशोरचन्द्र दाहाल र शिक्षाशास्त्र सङ्कायमा प्रा.डा.वेदराज आचार्य नियुक्त हुनुभएको छ ।
यस्तै वन विज्ञान अध्ययन संस्थानमा डा.ठाकुर सिलवाल, व्यवस्थापन सङ्कायमा प्रा.डा.महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानमा सुशीलबहादुर बज्राचार्य, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा.डा.शंकर खनाल डिन नियुक्त हुनुभएको छ ।
बैठकले योजना निर्देशनालयका निर्देशकमा डा.लक्ष्मीकान्त शर्मा, शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा डा.राजेन्द्र कुँवर र व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा प्रा.डा.मीना राजभण्डारीलाई नियुक्त गरेको छ । मेरिटोक्रेसी अर्थात योग्यता प्रणालीका आधारमा छनोट समितिले गरेको सिफारिशका आधारमा डिन नियुक्त गरेको त्रिविले जनाएको छ ।
गएको बिहिवार बसेको त्रिविको साधारण सभा बैठकमा त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुस सात गतेभित्र डिन नियुक्त गर्न निर्देशन दिनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।