१९ वर्षमुनिको महिला एशिया कपमा नेपालले आज भारतसँग खेल्दै

 पुष २, २०८१ मंगलबार ६:३२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ ।

मलेसियाको बायुमास ओभलमा नेपालले समूह ‘ए’ को अन्तिम खेलमा आज भारतसँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे शुरू हुनेछ । यसअघि नेपालले हिजो पाकिस्तानलाई छ विकेटले हराएको थियो

यस्तै अस्ति उद्घाटन खेलमा भारतले पाकिस्तानलाई नौ विकेटले हराएको थियो । पाकिस्तानले लगातार दुई खेल हारेसँगै नेपाल समूह चरणको अन्तिम खेलअघि नै ‘सुपर–४’ मा प्रवेश गरेको थियो ।

एशियाका छ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् ।  समूह ‘बी’ मा भारत, पाकिस्तान र नेपाल छन् ।

दुवै समूहका शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्ने छन् ।  सिङ्गल राउन्ड रोविनका आधारमा खेलिने सुपर फोरका शीर्ष दुई टोलीबीच फाइनल हुने छ ।
 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया