ललितपुर महानगरपालिकाले १०६ औँ स्थापना दिवस मनाउँदै

 पुष २, २०८१ मंगलबार ९:५५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ललितपुर महानगरपालिकाले आज १०६ औँ स्थापना दिवस मनाउँदै छ । हरेक वर्ष पुस दुई गते महानगरले विभिन्न कार्यक्रम गरेर आफ्नो स्थापना दिवस मनाउने गरेको छ ।

दिवसको अवसर पारेर महानगरले हिजो एक वर्ष भित्र गरेका कामहरूलाई चित्रमा उतारेर ‘अदृश्य कामहरू दृश्यमा’ नाम दिएर हिजो सार्वजनिक गरेको छ । महानगरका मेयर चिरीबाबु महर्जनको नेतृत्वमा महानगर प्रहरी प्रमुख सीताराम हाछेथुको सक्रियतामा भएका कामहरूलाई सचित्र उतारेर सार्वजनिक गरिएको हो ।

कार्यक्रममा महानगर प्रहरीले ढल सरसफाइदेखि आगलागी नियन्त्रण, ढुङ्गेधारालगायत सांस्कृतिक र ललितपुरमहानगरपालिकाले आज १०६ औँ स्थापना दिवस मनाउँदै छ ।पौराणिक महत्त्व बोकेका संरचनाको सरसफाइ एवम् संरक्षणमा गरेका कामहरूलाई चित्रमा उतारिएको थियो ।

महानगरभित्र असरल्ल परेका तारहरू हटाइएको र पाटी पौवाहरूमा पलाएको झार हटाएका कार्यहरुलाई समेत चित्रमा समावेश छन् ।

ललितपुर महानगरपालिकाले अनधिकृत संरचना हटाएको, बाढीपहिरोमा परेकाको उद्धार गरेको, सडक बालबालिकाहरूको उद्धार गरेको, महानगरभित्र सहज ढङ्गले हिँडडुल गर्नका लागि सडकमा हुने गाडी पार्किङ हटाइएको लगायत कामहरूलाई समेटिएको छ । 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया