शेयर बजार सामान्य घट्याे
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – चितवन राइनोजलाई हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा पुगेको छ । आज भएको इलिमिनेटरमा कर्णालीले चितवनलाई २१ रनले हरायो ।
कर्णालीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रनमात्र बनाउन सक्यो । चितवनका रवि बोपाराले ५३ रन बनाए । कर्णालीका जीशान मक्सूदले ३ तथा कप्तान सोमपाल कामी र नन्दन यादवले २/२ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनायो । कर्णालीका जयशिकन कोल्सावालाले ५३, विलियम बोसिस्टोले ५२, चादविक वाल्टनले नटआउट ४६ रन बनाए । चितवनका सोहिल तानभिरले २ विकेट लिए ।
अब कर्णालीले दोस्रो क्वालिफायरमा आजै हुने पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग खेल्नेछ । पहिलो क्वालिफायरमा अहिले दिउँसो १ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स खेल्दैछन् । यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायरमा भोलि कर्णालीसँग खेल्नेछ । दोस्रो क्वालिफायरमा विजयी हुने टोलीले पहिलाे क्वालिफायरकाे विजेतासँग फाइनल खेल्नेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।