जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा

 पुष ३, २०८१ बुधबार १६:१५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – जनकपुर बाेल्ट्सलाई हराउँदै सुदूरपश्चिम राेयल्स पहिलाे संस्करणकाे नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे फाइनलमा पुगेकाे छ ।

आज भएकाे पहिलाे क्वालिफायरमा सुदूरपश्चिमले जनकपुरलाई ८ विकेटले हरायाे । जनकपुरले दिएकाे १ सय ४० रनकाे लक्ष्य सुदूरपश्चिमले १८ ओभर ३ बलमा २ विकेट गुमाएर भेटायाे । सुदूरपश्चिमका विनाेद भण्डारीले ५८, सेफ अली जेबले ३२ रन बनाए । जनकपुरका ललित राजवंशी र किशाेर महताेले १/१ विकेट लिए । 

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायाे । जनकपुरका जेम्स नीशमले ४५ रन बनाए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए ।

याे खेल हारे पनि जनकपुरले फाइनल पुग्न अर्काे माैका पाउनेछ । अब जनकपुरले फाइनल प्रवेशका लागि दाेस्राे क्वालिफायरमा भाेलि कर्णाली याक्ससँग खेल्नेछ । याे खेलमा विजयी हुने टाेलीले उपाधिका लागि सुदूरपश्चिमसँग खेल्नेछ । एनपीएलमा आज बिहान भएकाे इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा पुगेको छ ।

फाइनल खेल आउँदो शनिवार हुनेछ ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया