नेपाल ओलम्पिक कमिटीको चुनावमा विवादकै बीच अनलाइनबाट मनोनयन दर्ता

 पुष ९, २०८१ मंगलबार १३:१३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल ओलम्पिक कमिटी (एनओसी) को आउँदो सोमवार हुने चुनावका लागि विवादकै बीच अनलाइनबाट मनोनयन दर्ता भएको छ । सहज मनोनयन दर्ताको कार्यसूची रहेकोमा प्रहरी हस्तक्षेपपछि निर्वाचन समितिले अनलाइनबाट उम्मेदवारी दर्ता गरेको हो ।

एनओसीले गएराति १२ बजेसम्म समयसीमा तोकेर मनोनयन दर्ताको अनलाइनबाट हुने सूचना जारी गरेको थियो । एनओसीको वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठले प्रहरी हस्तक्षेपको आलोचना गर्दै जसरी पनि चुनाव गर्नुपर्ने बताएका छन् ।

नेपाल ओलम्पिक कमिटी एनओसीका उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले एनओसीका निर्वाचन अधिकृतलाई पत्र लेख्दै निर्वाचनमा सहभागी हुन नसक्ने जानकारी गराएका छन् । एनओसीले अध्यक्ष र उपाध्यक्षबाहेकका पदमा निर्विरोध भएको बताएको छ ।

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया