इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा एपीएफ र गल्कोटबीचको खेल...
पुस १९, २०८१ शुक्रबार
काठमाण्डौ – बैतडीको सिगास गाउँपालिका अन्तर्गत न्वाघर क्षेत्रमा आज बिहान ७ बजेर ५४ मिनेटमा ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु न्वाघर क्षेत्र रहेको छ । भूकम्पको धक्का महसुस गरिएको तर क्षति भए नभकोबारे विवरण प्राप्त भएको छैन । स्थानीयवासीलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
पुस लागेपछि पश्चिम नेपालमा अहिलेसम्म आठ वटा भूकम्प गएका छन् । पुसको ६ गते बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री केन्द्रबिन्दु बनाएर पाँच दशमलव दुई म्याग्निच्यूडको भूकम्प जाँदा एक सय भन्दा धेरै घर तथा दुई वटा विद्यालयमा क्षति पुर्याएको छ ।
जाजरकोट, बाजुरा, बझाङ, डोटीलगायतका जिल्लामा पटक–पटक भूकम्प गइरहेका छन् । भूकम्पको पूर्वानुमान गर्न नसकिने तर पश्चिम क्षेत्र उच्च जोखिममा रहेको विज्ञहरुले बताउँदै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।