अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
रुपन्देही – गौतम बुद्धकाे जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा राखिएको दानपेटिकाबाट तीन महिनामा झण्डै डेढ करोड रकम सङ्कलन भएको छ ।
लुम्विनी विकास कोषका कोषाध्यक्ष दुण्डीराज भट्टराईका अनुसार दानपेटिकाबाट एक करोड ४३ लाख ५९ हजार नौ सय ९० रुपैया सङ्कलन भएको हो । यो रकम असोज महिनायताको भएको कोषाध्यक्ष भट्टराईले बताउनु भयो ।
आर्थिक वर्ष २०८१/०८२ शुरू भएपछि दोश्रो पटक दानपेटिकाको रकम गणना गरिएको हो । पुसको १८ देखि २३ गतेसम्म ५ दिन लगाएर ३२ जना कर्मचारीले भेटिका रुपमा दान गरिएको रकमको गणना गरेका थिए ।
असोजको ११ देखि १३ गतेसम्म यस आर्थिक वर्षको पहिलो पटक रकम गणना गरिएको थियो । रकम गणना गर्दा सीसीटीवी क्यामराको निगरानीमा गणना गर्ने गरिन्छ । मायादेवी मन्दिरको अवलोकन गर्न पुग्ने तिर्थयात्रुले श्रद्धापूर्वक भेटी चढाउने गर्दछन ।
दानपेटिकामा सङ्कलित रकम लुम्बिनी विकास कोषको महत्वपूर्ण आम्दानीको श्रोत भएको कोषाध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।