इरानलाई हराउँदै नेपालको पुरुष टोली पनि खो–खो विश्वकपको फाइ...
माघ ५, २०८१ शनिबार
भारतको एक अदालतले कोलकातामा महिला प्रशिक्षार्थी चिकित्सकको बलात्कार र हत्याको घटनामा एक जनालाई दोषी ठहर गरेको छ । गएको अगस्टमा कोलकताको एक सरकारी अस्पतालको सेमिनार कक्षमा प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भएको थियो ।
घटनापछि सरकारी अस्पतालका डाक्टरले सुरक्षाको माग गर्दै लामो समयसम्म विरोध प्रदर्शन गरेका थिए । प्रतिवादी सञ्जय रोयको मुद्दामा द्रूत सुनुवाई प्रकृया अघि बढाइएको थियो र यो मुद्दामा एक हप्ता अघि मात्रै बहस सकिएको थियो ।
अस्पतालमा स्वयंसेवक रहेका ३३ वर्षीय रोयलाई बलात्कार र हत्यामा दोषी ठहर गरेपछि न्यायाधीश अनिर्बान दासले पर्सि सोमवार सजाय सुनाइने बताउनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फैसलापछि रोयले आफूलाई फसाइएको प्रतिक्रिया दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।