राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा परेको ...
माघ ६, २०८१ आइतबार
काठमाण्डाै – नेकपा एमाले कैलालीले पूर्वमन्त्रीसहित दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ ।
एमालेबाट कारबाहीमा परेका नेता भीम रावलको पक्षमा गतिविधि गरेको भन्दै एमालेको जिल्ला कमिटीले सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र जिल्ला सदस्य भीष्मराज सुवेदीलाई कारबाही गरेको हो ।
हिजो बसेको एमाले जिल्ला सचिवालय बैठकले उनीहरूलाई कारबाही गरेको हो । एमाले कैलाली सचिव ममताप्रसाद चौधरीले पूर्वमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई पार्टीको सङ्गठित सदस्य समेत नरहने गरी निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिश गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । जिल्ला कमिटीले भने दुवै जनालाई निष्कासन गरेको जनाएको छ ।
भीम रावलले सञ्चालन गरेको मातृभूमि जागरण नेपाल अभियानलाई सहयोग गरेको र आफ्नै पार्टी र नेतृत्वविरुद्ध गतिविधि गरेकाले दुई जनालाई कारबाही गरिएको एमालेले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।