च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डौ – आज ६३ औं नेपाल नर्सिङ दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नर्सहरुको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ साल माघ १५ गते आजकै दिन नेपाल नर्सिङ सङ्घको स्थापना भएको थियो ।
नर्सिङ सङ्घको स्थापनाको दिन पारेर हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउँदै आइएको छ । नेपालमा नर्सिङ पेसा व्यावसायिक बन्न नसकेको नर्सिङ सङ्घकी अध्यक्ष चन्द्रकला शर्माले बताउनुभएको छ ।
उहाँले नेपालमा वर्षेनि हजारौँको सङ्ख्यामा नर्सहरु उत्पादन हुँदा यसको व्यवस्थापन हुन नसकेको बताउनुभयो । अध्यक्ष शर्माका अनुसार नेपालमा भविष्य नभएको भन्दै नर्सिङ जनशक्ति विदेशिने क्रम बढेकाले स्वास्थ्य क्षेत्रमा ठूलो असर पर्ने जोखिम छ ।
नेपालमा काम गर्न र पढ्नका लागि पर्याप्त वातावरण नभएको, बढी श्रम गर्नुपर्ने, तर तलब त्यसअनुसार नभएको भन्दै नर्सहरु विदेश जाने क्रम बढिरहेको छ । अहिले नेपालका धेरै स्वास्थ्य संस्थामा नर्सिङ जनशक्ति कम छ ।
एकातिर जागिर छाड्नेको सङ्ख्या धेरै हुँदै जाने र नयाँ कर्मचारी माग गर्दा पनि फारम भर्नेको सङ्ख्या कम हुँदै जानु स्वास्थ्य संस्थाहरूका लागि चिन्ताको विषय बनेको छ ।
नर्सहरु विदेश पलायन हुनेक्रमलाई रोक्न सरकारले केही नीतिगत सुधार गरेर नर्सिङ सेवामा देखापरेका चुनौतीको सामना गर्नुपर्ने नर्सिङ सङ्घकी अध्यक्ष शर्मा बताउनु हुन्छ ।
नर्सिङ काउन्सिलको तथ्याङ्कअनुसार गएको मङ्सिरसम्म दर्ता भएका नर्सको सङ्ख्या एक लाख २१ हजार छ । तर, सबै जनशक्ति नेपालमा छैनन् । १८ हजार सरकारी र ३२ हजार पाँच सय निजी स्वास्थ्य संस्थामा कार्यरत गरी नर्सको सङ्ख्या ५० हजार पाँच सय छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।