विपद् र स्वास्थ्य आपत्कालीन अवस्थाको व्यवस्थापन थप प्रभावकारी बनाउने प्रयास

 माघ १५, २०८१ मंगलबार १२:१३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले विपद् र स्वास्थ्य आपत्कालीन अवस्थामा सेवालाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको जनाएको छ । त्यसका लागि अस्पताल र स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिलाई मुख्य प्राथमिकता दिएको मन्त्रालयका प्रवक्ता एवम् व्यवस्थापन एकाइका प्रमुख डा. प्रकाश बुढाथोकीले बताउनुभयो ।

स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापनका क्रममा स्वास्थ्य सेवामा कसरी एकरूपता ल्याउने भन्ने उद्देश्यले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका ४४ स्याटेलाइट र २५ हब अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिसकेको उहाँले बताउनुभयो ।

त्यस्तै गण्डकी र बाग्मतीका १८ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि तालिम दिइँदैछ । विगतमा गोरखा भूकम्प, जाजरकोट भूकम्प, कोभिड–१९ महामारीलगायतका विपद् र महामारीका बेला उपलब्ध सेवा निकै सकारात्मक रहेका डा. बुढाथोकीले बताउनुभयो ।

नेपालमा कुनै पनि बेला, कुनै पनि ठाउँमा स्वास्थ्य आपत्कालीन अवस्था र विपद् आइपरेमा रोग पहिचान, रोकथाम र उपचार, डाक्टर र स्वास्थ्यकर्मीको परिचालनमा सहयोग पुर्‍याउने उद्देश्यले मन्त्रालयले द्रुत प्रतिकार्य टोली तथा आपत्कालीन चिकित्सकीय समूह परिचालनसम्बन्धी निर्देशिका २०७९ जारी गरिसकेको छ । यही निर्देशिका अनुसार मन्त्रालयले अस्पताललाई हब र स्याटेलाइटमा वर्गीकरण गरेको हो ।

अन्तिम अपडेट: माघ १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया