च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
स्याङ्जा – स्याङ्जाको भीरकोट नगरपालिका–४ र ५ लाई जोड्ने गरी आँधीखोलामा निर्माण थालिएको पुल सात वर्ष हुनै लाग्दा पनि सम्पन्न हुन सकेको छैन । भीरकोट–४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई जोड्ने गरी निर्माणाधीन पुलका लागि तेस्रो पटक थपिएको अवधिसमेत सकिएको छ ।
२०७५ साल असार २६ गते सम्झौता भई निर्माण शुरू भएको पुल २०७८ वैशाख ३० गते निर्माण सक्नुपर्ने थियो । सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर दीपक विष्टका अनुसार तोकिएको समयमा पुल निर्माण नसकिएपछि तेस्रो पटक २०८१ मङ्सिरमा सक्नेगरी थप भएको समय पनि सकिएको छ ।
भ्याटसहित १४ करोड २६ लाख ३७ हजार रुपैयाँ लागतमा निर्माण सक्नेगरी सम्झौता भएको थियो । पुल एक सय २५ मिटर लम्बाइ र तीन स्पानको हुने इन्जिनियर विष्टले बताउनुभयो ।
पुल दुवैतर्फ किनारामा फुटपाथसहित ११ मिटर चौडाइको हुनेछ । निर्माण व्यवसायी चन्द्र थकालीले पुलको झन्डै ८० प्रतिशत काम सम्पन्न भएको र अब दुई महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी कामदार परिचालन गरिएको दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।