च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक दर्ता गराउनुभएको हो ।
विधेयकमा सामाजिक सञ्जालको दर्तादेखि नियमन र कानून उल्लङ्घन गर्नेलाई सजायसम्मको व्यवस्था छ । सामाजिक सञ्जालमा नक्कली आईडी बनाउन र त्यसबाट पोस्ट, शेयर, कमेन्ट वा कल गर्न नपाइने गरी कानून बन्न लागेको हो ।
विधेयकको व्यवस्था अनुसार फेक आईडी, समूह वा पेजबाट नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा खलल पुग्ने वा राष्ट्रिय हित प्रतिकूल गलत र भ्रामक सूचना सम्प्रेषण गर्नेलाई ५ वर्ष कैद सजाय र १५ लाख रुपैयाँ जरिवाना हुने छ । साइबर बुलिङ गर्नेलाई २ वर्ष कैद र ३ लाख जरिवाना तथा साइबर स्टकिङ गर्नेलाई ३ वर्ष कैद र ५ लाख जरिवाना हुने भएको छ ।
विधेयकमा अरूको आइडी ह्याक गर्नेलाई ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना हुने उल्लेख छ । सार्वजनिक पद धारण गरेको वा राज्य कोषबाट सुविधा लिएको कुनै व्यक्तिले यो ऐन बमोजिम कसूर हुने काम गरेमा ५० प्रतिशतसम्म थप सजाय हुने व्यवस्था पनि विधेयकमा छ ।
यस्तै बालबालिकाको प्रयोग गरी कसूर हुने कार्य गरेमा १ वर्षसम्म थप कैद सजाय हुने व्यवस्था छ । वेबसाइट, एप, सामाजिक सञ्जाल, ब्लग, एआई टूल्स सञ्चालन गर्न चाहनेले अनुमति लिनुपर्नेछ । फेसबुक, भाइबर, ह्वाट्सएप, एक्सलगायत देशबाहिरबाट सञ्चालित सामाजिक सञ्जालले अनुमतिसहित नेपालमा सम्पर्क विन्दु राख्नुपर्नेछ । अहिले नेपालमा गुगल, मेटालगायतका १९ वटा सामाजिक सञ्जाल दर्ता भएर करसमेत तिर्न थालिसकेका छन् ।
सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न, नियमन गर्न आवश्यक देखिएकोले विधेयक संसद्मा पेस भएको प्रस्तावनामा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।