रवि लामिछानेमाथि सिङ्गो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ ...
माघ १८, २०८१ शुक्रबार
काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले पोखरामा भूमिगत वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति दिन शुरु गरेको छ । तारलाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउने काम सम्पन्न भएको क्षेत्रका ग्राहकहरुलाई भूमीगत प्रणालीबाट विद्युत् आपूर्ति दिन शुरु गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
पहिलो चरणमा पोखराको अमरसिंह चोक, बुद्धचोक हुँदै सेती नदी पुल खण्डसम्मका झण्डै तीन सय ग्राहकलाई विद्युत् आपूर्ति दिइएको छ । त्यहाँका जमिनमाथिको लाइन र पोलहरु हटाइएको छ । तार भूमिगत गरिएपछि गुजुल्टिएको तार हटाएको क्षेत्र सुन्दर देखिएको छ ।
पोखरा वितरण केन्द्रअन्तर्गत पर्ने पोखराको मुख्य सहर तथा सडकहरुमा रहेका ११ केभी एवम् चार सय भोल्ट लाइनलाई भूमिगत गर्ने र ती क्षेत्रहरुमा अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको छ ।
विद्युतीय तारसँगै अप्टिकल फाइबर बिछ्याउने हुँदा इन्टरनेट, दूरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरुले अप्टिकल फाइबर प्रयोग गरी सेवा प्रदान गर्न सक्नेछन् । अहिले भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरुप बनाइरहेको तारको चालो हटी सौन्दर्यता कायम राख्न सहयोग पुग्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।