पीएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि शुरू, उत्कृष्ट ३ ख...
फागुन २५, २०८१ आइतबार
काठमाण्डौ – सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह आज हुँदैछ । दीक्षान्त समारोहमा ३ हजार ८ सय ४१ जना विद्यार्थी दीक्षित हुने विश्वविद्यालयका डीन लिलाधर तिवारीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार दीक्षित हुनेमा स्नातक तहमा २ हजार १ सय ८९, स्नातकोत्तर तहका १ हजार ६ सय ३३, दर्शनाचार्य तहमा १९ जना विद्यार्थी दीक्षित हुने छन् ।
विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन कुइनेपानीमा हुने दीक्षान्त समारोहमा कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुहुनेछ ।
कार्यक्रममा भारतको सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक एवम् जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक डा.महेन्द्र पी लामाको प्रमुख आतिथ्यता रहनेछ ।
दीक्षान्त समारोहपछि प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशसभालाई विशेष सम्बोधन गर्ने कार्य तालिका रहेको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताउनुभयो ।
प्रदेशसभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री ओलीले मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकायको भवन उद्घाटन गर्ने कार्यक्रम छ ।
त्यसपछि आजै उहाँले आउँदो जेठमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने तय गरिएको कर्णाली रङ्गशालाको निरीक्षण गर्ने कार्यतालिका रहेको छ । रङ्गशाला निरीक्षणपछि प्रधानमन्त्री ओली आजै काठमाण्डौ फर्किनुहुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।