‘गाेविन्दे’ हात्तीकाे आक्रमणबाट चितवनमा १ जनाकाे ज्यान गयाे
फागुन २५, २०८१ आइतबार
काठमाण्डौ – अवैध प्रयोग बढेपछि सरकारले ‘वाकिटकी’को नियमन गर्न आवश्यक प्रकृया अगाडि बढाएको छ । ‘वाकिटकी’ जस्ता सञ्चार उपकरणहरूको प्रयोग सामान्यतया सुरक्षा, आपत्कालीन सेवा र व्यावसायिक प्रयोजनका लागि गरिन्छ । यसको प्रयोगले ‘टेलिकम्युनिकेसन’को पहुँच नभएका ठाउँमा पनि सञ्चार गर्न सहयोग पुग्छ ।
वाकिटकीको प्रयोगका लागि सरकारसँग अनुमति लिनुपर्छ तर पछिल्लो समय अनुमति नलिई वाकिटकीको प्रयोग गर्नेको सङ्ख्या बढेपछि सूचना तथा प्रसारण विभागले नियमनका लागि प्रकृया थालेको हो । अनुमति नलिई वाकिटकीलगायत रेडियो उपकरणहरू आयात, बिक्री–वितरण भएको पाइएपछि विभागले तत्कालका लागि प्रयोग बन्द गरी लाइसेन्स लिन आग्रह गरेको छ ।
सूचना विभागअन्तर्गत प्रसारण शाखाका निर्देशक डा. सुवोध नेपाल नेपालमा वाकिटकीको प्रयोगका लागि अनुमति प्रक्रिया सहज नभएको हुँदा समस्या भएको बताउनुहुन्छ । निर्देशक डा. नेपालका अनुसार वाकिटकीको प्रयोग सुरक्षासँग पनि सम्बन्धित भएकाले जिल्ला प्रशासन कार्यालय वा गृहमन्त्रालयलगायतको सिफारिस आवश्यक पर्ने हुन्छ ।
शुरुमा दुई हजार बुझाएर वाकिटकी प्रयोग गर्न पाइन्छ भने हरेक वर्ष नवीकरणका लागि एक हजार रुपैयाँ बुझाउनुपर्छ । अहिले नेपालमा युएचएफ फ्रिक्वेन्सीमा चार सयदेखि चार सय ८० सम्म र भिएचएफमा एक सय ३६ देखि एक सय ७४ फ्रिक्वेन्सीमा वाकिटकी प्रयोग भइरहेको छ । नेपालमा झन्डै एक हजार कम्पनीले वाकिटकीको प्रयोग र बिक्री वितरण गरिरहेका छन् । सूचना विभागको पछिल्लो तथ्याङ्कअनुसार झन्डै पाँच सयले नवीकरण गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।