सिरियाली सेना र अपदस्थ असद सरकारका समर्थकबीच झडप

 फागुन २३, २०८१ शुक्रबार १२:३३:१५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सिरियाको राजधानी दमास्कसमा नयाँ सरकार समर्थक सिरियाली सेना र अपदस्थ असद सरकारका समर्थकहरूबीच झडप भएको छ । सिरियाकोे उत्तरपश्चिमी तटीय क्षेत्रमा रुस नियन्त्रित एयरबेस नजिकै लताकिया प्रान्तमा भएको झडप भएको हो ।

गएको डिसेम्बरमा बसर अल–असदको सरकार ढलेपछि सिरियाको इस्लामिक सरकारसँग सम्बन्धित सेनाहरूसँगको यो सबैभन्दा हिंस्रक झडप भएको बीबीसीले जनाएको छ ।

गएराति भएको झडपमा कयौँ मनिसको हताहती भएको खबर छ  तर यकिन तथ्याङ्क भने पुष्टि भएको छैन । केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार झडपका क्रममा सेनाको आक्रमणमा परेर झण्डै ७० जना पूर्व सरकारी लडाकूहरू मारिएका छन् । २५ जनाभन्दा धेरै मानिस पक्राउ परेका छन्  ।

एएफपीले भने एक युद्ध पर्यवेक्षकलाई उद्धृत गर्दै १६ सरकारी सुरक्षाकर्मी, २८ असाद समर्थक र चार सर्वसाधारणसहित ४८ जनाको ज्यान गएको उल्लेख गरेको छ । 

अन्तिम अपडेट: फागुन २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया