युक्रेनसँगको युद्धविरामका लागि रुसको विभिन्न सर्त

 चैत १, २०८१ शुक्रबार ६:४२:० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामका लागि सकारात्मक भएको तर केही सर्तहरु रहेको बताउनुभएको छ ।

अमेरिकासँगको वार्तामा युक्रेनले ३० दिने युद्धविरामको योजनामा सहमत जनाएको सन्दर्भमा रुसको जवाफ आएको हो ।

पुटिनले युद्धविरामको विचारसँग सहमत भएको तर यसबारे केही सर्तहरू राख्दै युद्धविरामको प्रकृतिको बारेमा प्रश्नहरू बाँकी रहेको बताउनुभएको बीबीसीले जनाएको छ । युद्धविरामले स्थायी शान्ति निम्त्याउनु पर्ने र युद्धको मूल कारणहरू दिगो रुपमा हटाउनु पर्ने पुटिनको भनाइ छ ।

विवादको मुख्य कारण युक्रेनले गएको वर्ष रूसको  कुर्स्क क्षेत्रमा सैन्य आक्रमण शुरू गरेको र केही क्षेत्र कब्जा गरेको रुसको आरोप छ । अहिले यो क्षेत्रलाई पूर्णरुपमा रूसले नियन्त्रणमा लिएको र त्यहाँका  युक्रेनी सेनाहरू अलपत्र परेका उहाँको दाबी छ ।

उहाँले यसबारे अमेरिकी सहकर्मीहरू र साझेदारहरूसँग वार्ता गर्न आवश्यक रहेकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई छिटै सम्पर्क गर्ने बताउनुभयो ।

रुसको प्रतिक्रियापछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविराम योजनाप्रति पुटिनको प्रतिक्रियालाई शङ्कास्पद रुपमा व्याख्या गर्दै रुसमाथि थप प्रतिबन्ध लगाउन अमेरिकालाई आह्वान गर्नुभएको छ । उहाँले रुसले युद्धविराम प्रस्ताव सीधै अस्वीकार गर्दैन तर व्यवहारमा अस्वीकृतिको तयारी गरिरहेको बताउनुभएको छ ।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले अमेरिकाले प्रस्ताव गरेको युक्रेनसँगको ३० दिने युद्धविराम अस्वीकार गर्नुभएको थियो ।

उहाँले अस्थायी युद्धविरामले युक्रेनलाई पुनःसङ्गठित हुने मौका दिने भन्दै अस्वीकार गर्नुभएको हो । उहाँले पनि रुसले युक्रेनमा दीर्घकालीन शान्ति सम्झौता खोजिरहेको बताउनुभएको छ ।

अन्तिम अपडेट: चैत १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया