काठमाण्डाै महानगरपालिकाले ७ सय २० जना शिक्षकलाई तालिम दिने
पुस २६, २०८१ शुक्रबार
काठमाडौं – प्रहरीले चोरी गर्ने गिरोहको अर्को समूह पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले काठमाडौंका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ । काठमाडौंको नयाँ बजार बस्ने काभ्रेका प्रज्वल तामाङ, ढल्कु क्षेत्रपाटी बस्ने रामेछापका अनिल तामाङ स्वयम्भु बस्ने मकवानपुरका राजीव देउला र काठमाडौंको पकनाजोल बस्ने दोलखाका निमा तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
यो चोरी गिरोहको नेतृत्व निमाले लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गिरोहले काठमाडौंका विभिन्न ठाउँमा घर फोडेर चोरी गर्ने गरेका थिए । उनीहरुबाट प्रहरीले चोरी गरेको समान पनि बरामत गरेको छ ।
यस्तै उनीहरुको साथबाट ६६ हजार ५ सय ७५ रुपैयाँ, केही थान ल्याप्टप, मोबाइल तथा गरगहनाको समान बरामद गरेको जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।