आर्मीलाई हराउँदै गण्डकी 'टाइगर कप' भलिबलकाे फाइनलमा
माघ १९, २०८१ शनिबार
काठमाडौं – काठमाडौंको सुन्दरीजलमा रहेको बीपी संग्राहलयमा पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईको पूर्ण कदको शालिक निर्माण गरिएको छ ।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले सुन्दरीजलमा रहेको बीपी संग्राहलयमा निर्माण गरिएको पूर्व प्रधानमन्त्री एवम् कांग्रेसका तत्कालीन सभापति स्वर्गीय सन्त नेता भट्टराईको पूर्ण कदको शालिक अनावरण गर्नु भएको हो ।
सन्त नेता भट्टराईको ९५ औं जन्मजयन्तिको अवसर पारेर शनिबार ढलौटले निर्माण गरिएको पूर्ण कदको शालिकको अनावरण गरिएको छ । त्यस अवसरमा बोल्दै सभापति देउवाले पार्टीका संस्थापक नेता बीपी कोइराला, सन्त नेता भट्टराई, गणेशमान सिंहसँगै सुन्दरीजल जेल परेका अन्य नेताहरुको पनि सोही संग्राहलय परिसरमा शालिक बनाउने घोषणा गर्दै सबैलाई तन, मन र धनले सहयोग गर्न आग्रह पनि गर्नुभयो ।
उहाँले बीपी संग्राहलय नेपालको मात्रै नभएर लोकतान्त्रिक देशहरुका लागि दर्शनीय स्थल रहेकोे उल्लेख गर्दै त्यसको पूर्वाधार विकासमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो । सभापति देउवाले २००७ साल देखिनै नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान दिनु भएका स्वर्गीय नेताहरु बीपी कोइराला, गणेशमान सिंह र भट्टराईले नेपालको राजनीतिक आन्दोलनमा खेल्नु भएको भूमिकाको पनि चर्चा गर्नु भएको थियो ।
बीपी संग्राहलयमा विपी कोइराला, गणेशमान सिंहको यस अघि नै शालिक निर्माण गरिएको थियो । अब बीपी, गणेशमान र भट्टराईसँगै सुन्दरीजल जेल परेका अन्य नेताहरुको पनि शालिक बनाउने कांग्रेसको योजना छ । सभापति देउवाले बीपी संग्राहलय कांग्रेसका लागि पवित्रस्थल भएको पनि उल्लेख गर्नुञभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।