आर्मीलाई हराउँदै गण्डकी 'टाइगर कप' भलिबलकाे फाइनलमा
माघ १९, २०८१ शनिबार
काठमाडौं – सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई नियुक्त गरेको भन्दै नेकपाभित्र विवाद चुलिएको छ । असन्तुष्ट ४३ जना केन्द्रीय सदस्यले त शनिबार नै पार्टी सचिव कृष्णगोपाल श्रेष्ठमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेर विवादित भैसकेका दिगम्बर झालाई प्राधिकरणको अध्यक्षबाट तत्कालै हटाउन माग गरेका छन् ।
उनीहरुले पार्टीको स्थायी समितिको बैठकमा आइतबार नै यो विषयमा छलफल हुनुपर्ने र झालाई पदमुक्त गर्नुपर्ने जनाएका छन् । विगतमा ओली सरकारले नै झालाई अयोग्य ठान्ने, तर अहिले आफ्नै सरकारले झालाई कसरी नियुक्त गरियो र के आधारमा उनी योग्य भने भन्ने प्रश्न असन्तुष्ट नेताहरुले गरेका छन् ।
‘विगतमा हाम्रै सरकारले झालाई अयोग्य भनेको हो, अहिले आएर उहाँ कसरी योग्य हुनुभयो भन्ने हाम्रो प्रश्न हो’ केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले उज्यालोसँग भन्नुभयो, ‘पहिले विवादित भएका दिगम्बर झा अमृतले चोखिए कि होली वाइनले ?’
प्रधानमन्त्री ओलीले हरेक भाषणमा देशमा सम्बृद्धि ल्याउने र भ्रष्टाचार अन्त्य गर्ने घोषणा गर्ने तर झालाई किन नियुक्ती गरेको भन्ने विषयमा उत्तरै नदिएको भन्दै उहाँले आपत्ती जनाउनुभयो ।
‘हामीले भ्रष्टाचारमुक्त समाजको कुरा पनि गर्ने, तर दिगम्बर झाजस्ता व्यक्तिलाई टिका लगाएर उच्च पदमा पनि पुर्याउने, हामीले गणतन्त्र यसकै लागि ल्याएको हो ? दिगम्बर झाहरुबाट हामीले भनेको सम्वृद्धि आउने हो ?’ झाँक्रीले प्रश्न गर्नुभयो ।
गणतन्त्र आफूहरुले ल्याउने तर त्यसको प्रसाद दिगम्बर झाले पाउने अवस्था देखेर दिक्क लागेको पनि उहाँले बताउनुभयो ।
नेकपाकै अर्का सांसद ठाकुर गैरेले सरकारले भ्रष्टाचार विरोधी नीति लिएको भए त्यसको सुरुवात दिगम्बर झाको बर्खास्तीबाट सुरु गर्न माग गर्नुभएको छ । ‘प्रधानमन्त्रीले भ्रष्टाचारविरोधी अठोट लिनुभएको छ, उहाँको अठोट पूरा गर्न प्राधिकरणका अध्यक्ष दिगम्बर झाको नियुक्तीले काम गर्दैन, यदि भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने हो भने त्यसको सुरुवात दिगम्बर झाको बर्खास्तबाट हुनुपर्छ’ गैरेले उज्यालो अनलाइनसँग भन्नुभयो ।
उहाँले आइतबारकै स्थायी समिति बैठकले झालाई हटाउन सरकारलाई सिफारिस गर्न पनि माग गर्नुभयो ।
गैरेले गणतन्त्रमा दिगम्बर झाहरु विभुषित हुने हो भने सरकारको नियतमाथि र हामीले ल्याएको गणतन्त्र यसकै लागि हो भन्ने प्रश्न उठ्ने पनि दाबी गर्नुभयो ।
नेकपाकै अर्का केन्द्रीय सदस्य तथा सांसद गणेश पहाडीले दिगम्बर झालाई किन नियुक्त गरिएको हो भन्ने विषयमा विकास तथा प्रविधि समितिले सञ्चार मन्त्रालयसँग जवाफ मागेको र त्यस विषयमा अब थप छलफल हुने बताउनुभयो ।
‘मन्त्रालयलले समितिमा जवाफ पेश पक्कै पनि गर्ला, यदी हामीलाई चित्त बुझ्ने जवाफ आएन भने त्यसबारेमा राम्रोसँग छलफल हुनेछ’ पहाडीले भन्नुभयो ।
सरकारले गएको भदौमा दिगम्बर झालाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । सुरुमा ओली सरकारले नै झाका गतिविधि शंकास्पद रहेको भन्दै उहाँलाई काम नगर्न भनेको थियो ।
असार २१ गतेको मन्त्रिपरिषद बैठकले देउवा सरकारले गरेका नियुक्ती खारेज गर्ने निर्णय गरेपछि झा पनि पदमुक्त हुनुभएको थियो । फेरि पनि पद बहालीको माग गर्दै झा अदालत गए पनि फैसला नहुँदै मुद्दा फिर्ता लिनुभएको थियो । तर सरकारले आफै बर्खास्त गरेका झालाई भदौमा फेरि प्राधिरकणको अध्यक्ष बनाएपछि चौतर्फी विरोध भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।