कुनै देशको एजेन्डामा नेपाल सहभागी हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली

 पुष ८, २०७५ आइतबार १४:३४:४२ | उज्यालो सहकर्मी

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो अमेरिका भ्रमण सफल भएको बताउनुभएको छ ।

२ दशकपछि भएको याे ठूलो औपचारिक भ्रमणले नेपाल र अमेरिकाबीचकाे सम्बन्धमा नयाँ आयाम सृजना भएको उहाँले दावी गर्नुभएको छ ।

शनिबार नेपाल आएका ज्ञवालीले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नेपालको विकास र राजनीतिक उपलब्धिमा सहयोग गर्ने वचन दिएको पनि बताउनुभयो । साथै आफूले पनि नेपाललाई गरेको सहयोगप्रति धन्यवाद दिँदै थप लगानी गर्न आग्रह गरेको उहाँले बताउनुभयो ।

आउँदो मार्चमा नेपालमा हुने लगानी सम्मेलनमा अमेरिकाको सहभागिताको लागि पनि आफूले अनुरोध गरेको उहाँले बताउनुभयो ।

यस्तै मिलेनियम च्यालेन्ज कार्यक्रम अन्तरगत अमेरिकाले ५०० मिलियन डलर खर्च गरिरहेको र सन २०२२ सम्म अति कम विकसित देशबाट विकासशील देशमा परिवर्तन गर्न अमेरिकाले थप सहयोग गर्नसक्ने विषयमा पनि छलफल भएको मन्त्री ज्ञवालीले जनाउनुभयो । 

नेपालमा चीनको थप प्रभाव रोक्न अमेरिकाले दबाब दिएको हो ? भन्ने प्रश्नमा उहाँले नेपालको आफ्नो परराष्ट्र नीति छुट्टै भएको र पन्चशीलको सिद्धान्तका आधारमा सम्बन्ध स्थापित गर्ने भएकाले कुनै देशको एजेन्डामा नेपाल सहभागी नहुने जानकारी दिनुभयो । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया