गार्मेन्ट उत्पादनमा भन्सार छुट गरिदिन अमेरिकासँग नेपालको आग्रह

 पुष ८, २०७५ आइतबार १६:४२:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले गार्मेन्टका उत्पादनहरुमा पनि भन्सार छुटको व्यवस्था गरिदिन अमेरिकासँग आग्रह गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले नेपाली गार्मेन्टका उत्पादनहरुमा पनि भन्सार छुटको व्यवस्था गरिदिन अमेरिकी सरकारसँग आग्रह गरिएको जानकारी दिनु भएको हो । गएको साता मन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्री माइकल रिचार्ड पोम्पियोको नियन्त्रणामा अमेरिकाको औंपचारिक भ्रमण गर्नु भएको थियो ।

सोही भ्रमणका उपलब्धिबारे आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराउने क्रममा मन्त्री ज्ञवालीले आफूले नेपाली गार्मेन्टको उत्पादनमा भन्सार छुटको व्यवस्था गरिदिन अमेरिकी समकक्षी पोम्पियोसँग आग्रह गरेको बताउनु भएको हो ।

त्यस अवसरमा अमेरिकी विदेशमन्त्री पोम्पियोले शान्ति प्रक्रियालाई सफलतापूर्वक टुंगोमा पुर्‍याउने काम गरेकोमा प्रशंसा गर्दै उत्तर कोरियाको आणविक हतियार निशष्त्रीकरणको प्रयासमा साथ दिन नेपाललाई आग्रह गर्नु भएको थियो । भेटमा विदेशमन्त्री पोम्पियोले नेपालको पछिल्लो राजनीतिक परिस्थितिबारे चासो व्यक्त गर्नुभएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

मन्त्री ज्ञवालीले पनि विदेशमन्त्री पोम्पियोसँग आगामी मार्चमा आयोजना हुन लागेको लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताहरुको सहभागिताका लागि आवश्यक वातावरण बनाइदिन पनि आग्रह गर्नु भएको थियो ।

द्धिपक्षीय भेटवार्तामा अमेरिकी विदेशमन्त्री पोम्पियोले नेपालको पाँचखालस्थित वीरेन्द्र शान्ति सैन्य तालिम केन्द्रको क्षमता विस्तारका लागि आवश्यक सहयोग गर्ने बचन पनि दिनु भएको थियो ।

अमेरिकी बसाईको क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकास्थित गैर आवासीय नेपालीहरुलाई राष्ट्र निर्माणको अभियानमा सहयागी हुन पनि आग्रह गर्नु भएको थियो । गएको पुस १ गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका भ्रमणमा जानु भएको हो । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया