पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
डोटी – सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमै घर भएका सांसदहरुले लिँदै आएको घरभाडाबापतको रकम फिर्ता दिने भएका छन् ।
सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले धनगढीमै घर भएर पनि घरभाडा लिइरहेका सांसदहरुले अहिलेसम्म लिएको घरभाडावापतको रकम फिर्ता मागिने बताउनुभयो ।
‘राजधानीमै घर भएर पनि सांसद ज्यूहरुले घरभाडाको रकम लिनु नहुने हो’, उहाँले भन्नुभयो, ‘आफनो नैतिकताका आधारमा पनि उहाँले लिएको भाडा फिर्ता गर्नु पर्ने हुन्छ, नभए हामी फिर्ता दिन लगाउँछौ ।’
सभामुख थापाले घरभाडा लिएको विषयमा आइतबार संसद सचिवालयका कर्मचारीसहितको टोलीसँग बैठक बसेको र घर भएका सांसदको बारेमा जानकारी लिइएको बताउनुभयो । ‘अबका दिनदेखि घरभाडा नभएका सांसदहरुलाई फराम भरेको आधारमा मात्रै घरभाडा दिन संसद सचिवालयका कर्मचारीलाई निर्देशन दिएको छु’, उहाँले भन्नुभयो, ‘धनगढीमा घर भएका सांसद ज्यूहरुलाई कुनै हालतमा पनि घरभाडा दिइने छैन् ।’
सुदूरपश्चिम प्रदेशको संसद सचिवालयले दिएको जानकारी अनुसार प्रदेश राजधानीमा घर भएका ११ जना सांसदहरुले कैलालीमा आफ्नो घर नभएको भन्दै महिनैपिच्छे घर भाडा बापतको रकम लिइरहेका थिए ।
यसरी कैलालीमै घर भएर पनि घर भाडा लिने सांसदहरुमा कैलाली क्षेत्र नम्बर ५ ‘ख’ बाट निर्वाचित कांग्रेस सांसद डिल्लीराज पन्त, कांग्रेसका समानुपातिक सांसद टेकबहादुर रैका, कैलाली क्षेत्र नम्बर ३ बाट निर्वाचित नेकपाका सांसद वीरमान चौधरी, नेकपाकी समानुपातिक सांसद सुशीला बुढाथोकी, राजपाकी समानुपातिक सांसद मालामती राना, कैलाली क्षेत्र नम्बर ४ को ‘क’ बाट निर्वाचित नेकपाका सांसद तथा पूर्वमन्त्री दीर्घ सोडारी, क्षेत्र नम्बर ५ को ‘क’ बाट निर्वाचित नेकपाका सांसद नेपालु चौधरी, नेकपाकी समानुपातिक सांसद चुनकुमारी चौधरी,नेपाली कांग्रेस डोटी ‘क’ बाट निर्वाचित सांसद भरतबहादुर खड्का, कांग्रेसकै सांसद दिव्येश्वरी शाह, कञ्चनपुरबाट समानुपातिक सांसद बनेका कांग्रेस नेता देवराज पाठक रहेका छन् ।
संसद सचिवालयका अनुसार सभामुख र उपसभामुख बाहेक अन्य सबै सांसदहरुले घर भाडा वापतको रकम लिइरहेका छन् । मुख्यमन्त्री, मन्त्री तथा सभामुख र उप–सभामुखले सरकारी आवास सुविधा पाएकाले घरभाडा नपाउने नियम रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।