निजी क्षेत्र सामाजिक सुरक्षा कोषमा आबद्ध हुनैपर्ने
मंसिर ११, २०८१ मंगलबार
बझाङ – ‘बाल्यकालको पढ्ने लेख्ने तथा बुबा आमासँग हाँसखेल गर्ने उमेर थियो । म ९ बर्षकी थिएँ । छिमेकी गाँउबाट मलाई माग्न आए । विवाह गर्ने उमेर कति हो केही पत्तो थिएन । छाउ हुनुभन्दा अघि नै विवाह गर्दा अभिभावकहरुलाई पुण्य मिल्छ भन्ने चलन थियो । बुबा आमाको पुण्यका लागि मेरो जीवन बर्बाद भयो । त्यति बेला कसै कसैका छोरीहरु मात्रै स्कुल जान्थे, नत्र हामी सबै दाउरा घाँस काट्न जंगलतिर जान्थ्याैँ । छोरीले पढ्नु हुन्न भन्ने परम्परा थियो । विवाहका लागि छिमेकी गाँउबाट कुरा आएपछि मेरा बुबा आमाले पनि नाइँ भन्न सकेनन् । छोरीको विवाह गर्ने उमेर भैसक्यो । पुण्य मिल्छ भन्दै विवाह गरेर पराइको जिम्मा लगाइदिए ।’ याे वृत्तान्त जयपृथ्वी नगरपालिका वडा नम्बर–१०, मादुकात्न्या मा रहेको माइतीमा बस्दै आएकी भानुमती जोशीकाे हाे ।
९ वर्षको उमेरमा जोशीको विवाह जयपृथ्वी नगरपालिका वडा नम्बर–३, का चन्द्रराज जोशीसँग भएको थियो । जोशी पढ्नका लागि काठमाडाैं जानुभयो ।
जोशीले काठमाडाैंमा नै अर्कै महिलासँग घरजम गर्नुभयो । २ वर्षसम्म श्रीमानको प्रतीक्षामा बसेकी भानुमतीले श्रीमानले विवाह गरेको थाहा पाएपछि माइती फर्कनु भयो । उहाँ श्रीमानको माया मुटुभरी बोक्दै एक दिन त फर्कनुहोला भन्ने आशामा अर्को विवाह नगरी माइतीमै बस्नुभयो ।
तर श्रीमान फर्किनु भएन । उहाँको पर्खाइमा बस्दा बस्दै बुढेशकाल लागेको जोशीलाई पत्तो नै भएन । अहिले जोशी ५८ वर्ष पुग्नुभयो । बुढेशकालमा सहारा केही पनि नभएपछि जोशीले महिला अधिकार मञ्चमा सहयोगको लागि अपिल गर्नुभयो । एउटा बाख्रा किन्नका लागि महिला अधिकार मञ्चले सहयोग गर्यो ।
त्यही एउटा बाख्राबाट अहिले जोशीले बाख्राकाे संख्या ७ पुर्याउनुभएकाे छ । बुढेशकालको सहारा कोही नभए पनि बाख्रा नै सहारा बनेको उहाँको भनाइ छ ।
‘जोसंँग जुनी काटाैँला भन्ने ठानेकी थिएँ,’ जोशीले भन्नुभयो, ‘उनीहरुबाटै धोका पाएपछि धोका नदिने चिज नै जीवनको सहारा बनाएकी छु । बुढेसकालमा अरु केही नभए पनि यही बाख्रा बिक्री गरेर जीविका चलाउने मेरो सोच छ । ’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।