एन्फा महिला लिगमा आर्मीले बाग्मती युथलाई हरायो
पुस १८, २०८१ बिहिबार
काठमाण्डाै – आफू घरेलु हिंसा पीडित भनेर बताउँदै आएकी बिनु यादव पक्राउ परेकी छन् ।
सर्वोच्च अदालतकाे मूल गेट नजिकै रहेको बोर्डमा आज बिहान कालो रङ छ्यापेर विरोध प्रदर्शन गरेपछि यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
यसअघि आमरण अनशन बसेकी यादव र सरकारबीच पाँच बुँदे सहमति भएको थियो । सरकारसँग भएको पाँच बुँदे सहमतिमा उनले दिएको मुद्दामा आवश्यक कारबाही अगाडि बढाउने र जीविकोपार्जनका लागि सहयोग गर्ने उल्लेख थियो । त्यति बेला यादवमाथि पवन कठायतले जबरजस्ती करणी उद्योग गरेको मुद्दाको निवेदनमाथि कारबाहीका लागि गृह मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालय पठाउने सहमति भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।