७ महिनामा सार्वजनिक ऋण पौने २ खर्ब थपियो

 फागुन ६, २०८१ मंगलबार १८:२:० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्वीर

काठमाण्डाै – चालू आर्थिक वर्षकाे ७ महिनामा पौने २ खर्ब रुपैयाँ सार्वजनिक ऋण बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गएको असार मसान्तसम्म २४ खर्ब ३४ अर्ब रहेको सार्वजनिक ऋण माघ मसान्तमा २६ खर्ब ११ अर्ब रुपैयाँ पुगेको हो । यो भनेको देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५ दशमलव ७७ प्रतिशत हो ।

एक दशकअघिसम्म देशको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको तुलनामा २२ प्रतिशत जति रहेकामा अहिले त्यो दोब्बर भइसकेको छ । कुल गार्हस्थ्य उत्पादनसँग तुलना गर्दा नेपालको सार्वजनिक ऋणको आकार चिन्ताजनक स्थितिमा पुगिनसकेको अर्थविज्ञहरू बताउँछन् । सरकारको राजश्व आम्दानीका तुलनामा खर्च बढेपछि पछिल्ला वर्षहरूमा ऋण काढेर खर्च गर्ने प्रवृत्ति बढेको छ ।

चालू आर्थिक वर्ष २०८१/८२ मा सरकारले ५ खर्ब ४७ अर्ब ऋण लिने लक्ष्य राखेकोमा २ खर्ब ९० अर्ब रुपैयाँ ऋण लिइसकिएको छ । पुरानो ऋण बढ्दै जाँदा यसको सावाँ–ब्याजको भुक्तानीमा सरकारको ठूलो रकम खर्च हुने गरेको छ । यस वर्ष सरकारले १ खर्ब ८८ अर्ब रुपैयाँ सावाँ ब्याज तिरिसकिएको छ ।

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया