शान्ति सम्झौताअन्तर्गत युक्रेनमा नेटो सेनालाई रुसले स्वीकार नगर्ने

 फागुन ७, २०८१ बुधबार ६:४३:५६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकासँगको उच्चस्तरीय वार्तापछि रुसले शान्ति सम्झौताअन्तर्गत युक्रेनमा युरोपियन देशहरु रहेको नेटो समूहका सेनालाई आफ्नो देशले स्वीकार नगर्ने बताएको छ ।

साउदी अरेबियामा भएको वार्तामा  विदेशमन्त्री सर्गेई लाभरोभले आफ्नो देशले युक्रेनमा कुनै पनि शान्ति सम्झौताअन्तर्गत नेटो देशका शान्ति सेनालाई स्वीकार नगर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

उहाँले रुस युद्ध अन्त्यका लागि प्रक्रिया थाल्ने पक्षमा भएपनि युक्रेन सामेल भएर नेटो रक्षा गठबन्धनको कुनै पनि विस्तार रूसको लागि प्रत्यक्ष खतरा हुने भन्दै रूसको अघिल्लो अडानलाई दोहोर्‍याउनुभएको हो ।

यसैबीच युरोपेली नेताहरूले युक्रेनसँगको शान्ति सम्झौताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रुस र अमेरिकाबीचको वार्ता प्रयासका बारेमा संयुक्त धारणा बनाउन पेरिसमा बैठक बसे पनि मत बाझिएकाले वैठक बिना निष्कर्ष सकिएको छ ।

बेलायतले आवश्यक परे युक्रेनमा आफ्ना सेना तैनाथ गर्न सक्ने बताइरहदा जर्मनी, पोल्याण्ड लगायतका अरु देशले युरोपेली सेना तैनाथ गर्नु युक्रेनमा शान्ति कायम गर्ने सबैभन्दा जटिल र कम प्रभावकारी तरिका हुने बताइरहेका छन् ।

यस्तै रुस र अमेरिकाले युद्ध अन्त्यका लागि वार्ता शुरू गर्न छुट्टै टोली तोक्ने सहमति गरेका छन् । बैठकपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हिजोको वार्ता युद्ध अन्त्यको प्रयास स्वरुप पहिलो चरणको भएको तर महत्त्वपूर्ण रहेको बताउनुभएको खबरमा उल्लेख छ । तर युक्रेनलाई वार्तामा नबोलाइएकोले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो वार्ताका प्रस्ताव र निर्णय स्वीकार नगर्ने बताउदै आउनुभएको छ । 

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया