आरजेडएम ब्रान्डका १५ र १६ सिटे विद्युतीय गाडी नेपाल भित्रिए
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डाै – सरकारले क्यान्सर पीडित बालबालिकाको उपचारका लागि चार वटा अस्पतालबाट निःशुल्क औषधि उपलब्ध गराउने भएको छ ।
काठमाण्डाैकाे कान्ति बाल अस्पताल, ललितपुरको पाटन अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र चितवनको बीपी कोइराला क्यान्सर अस्पतालबाट निःशुल्क औषधि वितरण हुने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो ।
तीन महिना अघिदेखि नै निःशुल्क औषधि वितरण शुरू भएकोमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लगायत संस्थाहरूले औषधि उपलब्ध गराएपछि थप सहज भएको मन्त्री पाैडैलले बताउनुभयो । औषधिको वितरण मन्त्रालयको समन्वयमा स्वचालित प्रणालीबाट व्यवस्थित गरिने उहाँकाे भनाइ छ ।
स्वास्थ्य मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले औषधि आवश्यकताका आधारमा वितरण गर्ने व्यवस्था मिलाउने बताउनुभयो । 'ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन' ले आउँदो पाँच वर्षका लागि ३५ प्रकारका अत्यावश्यक औषधि उपलब्ध गराउने भएको छ । यी औषधि बाल क्यान्सर उपचारका लागि महत्त्वपूर्ण छन् ।
नेपालमा हरेक वर्ष झन्डै एक हजार पाँच सय जना बालबालिकामा क्यान्सर देखिने गरेको छ । सेवामा सीमित पहुँच र स्रोत अभावका कारण तीमध्ये झन्डै एक तिहाइले मात्र उपचार पाउने गरेका छन् । नेपालमा क्यान्सर पीडित बालबालिकाको बाँच्ने सम्भावना दर ३० प्रतिशत छ । विकसित देशमा यो दर ८० प्रतिशतभन्दा बढी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।