अन्तर्राष्ट्रिय महिला फुटबल : म्यानमारले किर्गिस्तानलाई ५ गाेलले हरायाे

 फागुन ८, २०८१ बिहीबार १६:३:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : एन्फा

काठमाण्डाै – अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा म्यानमारले किर्गिस्तानलाई हराएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० गोलले हरायो ।

पहिलो हाफमा ४ गोल गरेको म्यानमारले दोस्रो हाफमा १ गोल थप्यो । म्यानमारकी यून वादी र मे हचटेटले २/२ तथा सनदर लिनले गाेल गरे ।

प्रतियोगितामा म्यानमारको यो लगातार दोस्रो जीत हो । यसअघिको खेलमा म्यानमारले लेबनानलाई हराएको थियो भने किर्गिस्तान नेपालसँग पराजित भएको थियो ।

प्रतियोगितामा अहिले बेलुकी ६ बजे नेपाल र लेबनान खेल्दै छन् । चारदेशीय प्रतियोगितामा नेपाल, किर्गिस्तान, म्यानमार र लेबनान सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेल फागुन १४ गते हुनेछ ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया