अमेरिका र रुसले वार्तामा नबोलाएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आपत्ति

 फागुन ५, २०८१ सोमबार १३:१८:१३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनसँगको युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच हुने वार्तामा आफूलाई नबोलाइएको भन्दै युक्रेनले आपत्ति जनाएको छ ।

युक्रेनका लागि अमेरिकी विशेष राजदूत किथ केलॉगले आज साउदी अरेबियामा हुने वार्तामा युक्रेनले भाग लिने बताउनुभएको थियो । तर यो वार्तामा युक्रोनको कुनै पनि प्रतिनिधिमण्डल उपस्थित नहुने बीबीसीले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन सामेल नभएको युद्ध अन्त्य गर्ने कुनै पनि सम्झौता स्वीकार्य नहुने बताउनुभएको खबरमा उल्लेख छ ।

यसअघि ह्वाइट हाउसका मध्यपूर्व प्रतिनिधि स्टिभ विटकफले हिजो साउदी अरेबियाको भ्रमण गर्ने पुष्टि गर्नुभएको थियो । उहाँको भ्रमणको उद्देश्य युक्रेनमा चलिरहेको युद्ध अन्त्य गर्न अमेरिका र रुसबीचको पहिलो वार्ता हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्ध अन्त्य गर्ने बारेमा फोनमा कुरा गर्नुभएको थियो । यसपछि उहाँले छलफल अगाडि बढाउन दुवै जना चाँडै भेट्ने बताएपछि युक्रेन र युद्धका बारेमा छलफल तीव्र भएको हो ।
 

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया