च्याम्पियन्स ट्रफीको पहिलो खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ६० रनले हरायो

 फागुन ८, २०८१ बिहीबार ६:४०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ६० रनले हराएको छ । हिजो भएको खेलमा तीन सय २१ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७ ओभर २ बलमा दुई सय ६० रनमा अलआउट भयो ।

उसका खुशदिल शाहले सर्वाधिक ६९ र ओपनर बाबर आजमले ६४ रन बनाए । सलमान अघाले ४२ रन जोडे । न्युजिल्याण्डका विलियम ओ’रोर्केले र कप्तान मिचेल सान्टनरले समान तीन विकेट तथा म्याट हेनरीले दुई विकेट लिए ।

त्यसअघि कराँचीमा ओपनर विल योङ र टोम लाथमको शतकमा न्युजिल्याण्डले पाँच विकेट गुमाएर तीन सय २० रन बनाएको थियो । लाथमले अविजित सर्वाधिक एक सय १८ रन जोडे । त्यस्तै विल योङले एक सय ७ रन जोडे ।

ग्लेन फिलिप्सले ६१ रनको अर्धशतकीय पारी खेले । पाकिस्तानका नशिम साहले दुई, अबरार अहमद र हरिस रउफले समान एक/एक विकेट लिए ।

च्याम्पियन्स ट्रफीमा आज भारत र बङ्गलादेश खेल्दैछन् । भारतीय टोली पाकिस्तान नजाने भएपछि उसले आफ्ना सबै खेल यूएईमा खेल्नेछ । दुई वर्षअघि भारतमा आयोजना भएको एकदिवसीय विश्वकपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा सहभागी छन् ।

पाकिस्तान, भारत, बङ्गलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा र अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मार्च ९ तारिख अर्थात् फागुन २५ मा हुनेछ ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया